आरोप प्रमाणित नभएपछि नियन्त्रणमा रहेका पोखरा-१६ का वडाध्यक्ष मुक्त

आरोप प्रमाणित नभएपछि नियन्त्रणमा रहेका पोखरा-१६ का वडाध्यक्ष मुक्त

123

पोखरा। मतदातालाई प्रभावमा पार्न पैसा बाँडेको आरोप लागेका पोखरा -१६ का वडाअध्यक्ष जीवन कुमार आचार्यलाई निर्वाचन अनुगमन समितिले मुक्त गरेको छ।

बुधबार साँझ अन्दाजी साढे सात बजेको आफ्नै घर वरिपरी हिँडिरहेका बेला केही व्यक्तिहरुले पैसा बाँड्न आएको भन्दै आचार्यलाई नियन्त्रणमा लिएर प्रहरी र अनुगमन समितिको जिम्मा लगाएका थिए।

नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान गर्दा साथमा पैसा तथा अन्य प्रमाण नभेटिएपछि समितिले मुक्त गरेको हो। समितिले आचार्यको साथबाट जम्मा ४ हजार नगद फेला पारेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds