म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

accident

म्याग्दी । म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपुर्ण–१ दोवाका ४३ वर्षीय खुम बहादुर रामजालीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा म्याग्दीकै बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

नीलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको उक्त ट्रक दुर्घटना हो।

ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ