पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गठबन्धनले छरेका भ्रममा विश्वास नगरी एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
मंगलबार मादी ४ तारकाङमा आयोजित एमालेको चुनावी सभामा बोल्दै नेता अधिकारीले आफूहरुले गरेको काम र ल्याएका योजनामा विपक्षी पार्टीकाले दाबी गरेकाले त्यसमा विश्वास नगर्न मादीवासीलाई आग्रह गरेका हुन् ।
‘एमाले कांग्रेसजस्तो होइन । एमाले जति भन्छ त्यति गर्छ । भनेकोभन्दा बढी गर्न सक्छ । गाउँगाउँमा बाटो बनाएका छौँ । रातो किताबमा बजेट हाल्ने हामी हौँ । तर, मैले बनाएँ भन्ने भाइबहिनीका नक्कली कुरा नसुन्नुहोला,’ अधिकारीले मतदातालाई आग्रह गरे । मादीका १२ वटै वडा एमालेले जित्ने अधिकारीले दाबी गरे ।
सूर्यमा भोट हालेर मत सुरक्षित गर्न अधिकारीले मतदातालाई आग्रह गरे । ‘गठबन्धन एउटा पार्टी, एमाले एउटा पार्टी हो । शिरदेखि तिरसम्म सूर्यमा भोट हाल्न पाइन्छ, कतै खोज्नै पर्दैन । खोज्दै कता हालौँ भन्नै पर्दैन । सूर्यमा छाप लगाएपछि मतको सुरक्षा पनि हुन्छ,’ अधिकारीले भने ।
कार्यक्रममा मादी ४ को पाँच वर्षका काम समावेश गरिएको पुस्तक नेता अधिकारीले सार्वजनिक गरेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते