गाेरखा । नेता डा. बाबुराम भट्टराइकाे गृहनगर गोरखाको पालुङटार नगरपालिकामा सत्ता पक्षीय गठबन्धन तोड्दै जसपाले एमालेसंग चुनावी तालमेल गरेको छ ।
सहमति अनुसार पालुङटार मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सघाउने निर्णय भएको छ । एमाले र जसपाले मंगलबार निकालेको संयुक्त विज्ञप्तीमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।
उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जसअनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

जनता समाजवादी पार्टीले यसरी नै एमालेसँग मिलेर पृथ्वीसुब्बा गुरूङ नेतृत्वकाे गण्डकी प्रदेश सरकारलाई सहयाेग गरेकाे भए गुरूङ नेतृत्वकाे सरकार ढल्ने थिएन । २ सांसद रहेकाे जसपाले चाहेअनुसार मन्त्रालय पनि पाउने थियाे । तर, काँग्रेसलाई सघाउँदा लिखित सहमति पनि पालना गरेन । अर्थमन्त्री दिने भनेकाे काँग्रेसले दिएन र अन्तिममा उर्जामन्त्रीमा चित्त बुझाउनुपरेकाे थियाे । अहिले पनि पालुङटारमा काँग्रेसले नै उम्मेदवार उठायाे र बाबुराम भट्टराईकाे कुरा सुनिएन ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते