तनहुँ । तनहुँमा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। घिरिङ गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो।
कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग. २ च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए। उनका अनुसार गाडीको सिसा फुटेको छ।
घिरिङ गाउँपालिका– ५ मा चुनावी र्यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुवेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो। सोमबार नेपाली कांग्रेसको चुनावी र्यालीमा सहभागी हुन पुट्टार पुगेका घिरिङ– ५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।
आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी र्यालीमा सहभागी भएको कांग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए। उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकोमा रहेका उनी र्यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे।
बेपत्ता विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बेपत्ता विकको स्थानीय र प्रहरीको सक्रियतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीका प्रवक्ता प्रहरी नावय उपरीक्षक युवराज खड्काले बताए।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो