माओवादीलाई बिरालोको संज्ञा दिँदै ओलीले भने- बिरालो किन्नु पर्दैन, जसले ठूलो कचौरामा दूधभात दिन्छ उतै जान्छ

माओवादीलाई बिरालोको संज्ञा दिँदै ओलीले भने- बिरालो किन्नु पर्दैन, जसले ठूलो कचौरामा दूधभात दिन्छ उतै जान्छ

kp oli16

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे पाँच दलीय गठबन्धन एक हप्तामै ढल्ने दाबी गरेका छन् । आइतबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘हामीले चाह्यौं भने यो गठबन्धन एक हप्तामा ढल्छ ।’

अध्यक्ष ओलीले गठबन्धनलाई ‘आपराधिक गठबन्धन’को पनि संज्ञा दिए । ‘गठबन्धनका नेताहरूले जनतालाई डर, धम्की दिइरहेका छन् ।

‘हामीलाई भोट नदिए चाखौँला, पखौँला भन्दैछन्,’ उनले भने, ‘जनतालाई धम्काउनु आचारसंहिता विपरीत हो । प्रचण्डले मेरी छोरीलाई जिताइएन भने देशमा महासंकट उत्पन्न हुन्छ, देशमा दुर्घटना हुन्छ भन्छन् । त्यसैले यो गठबन्धन आपराधिक हो ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई बिरालोको संज्ञा पनि दिए । ‘बिरालो किन्नु पर्दैन, तपाईंहरूलाई थाहा छ नि । जसले ठूलो कचौरामा दूधभात दिन्छ, त्यसकोमा जान्छ,’ ओलीले भने, ‘हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ, बिरालोको हकमा ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ