नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
पाँच दलीय गठबन्धनद्वारा आइतबार पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको देउवाको भनाइ थियो । ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी मिलाएर बसेको छ,’ देउवाले भने ।
गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेको उल्लेख गरे ।
गठनबन्धनले ६ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको देउवाको भनाइ थियो । ‘कांग्रेसले बलियो महानगर पाएको छ । अरुले एक–एक वटा लिएर चित्त बुझाउनुभएको छ । उहाँहरूले धेरै छोड्नुभएको छ,’ उनले भने, ‘त्यसैले गठबन्धनलाई जिताउनु कांग्रेसको कर्तव्य हो । माधवजी र प्रचण्डजीको पार्टीभन्दा बढी मिहिनेत गरेर कांग्रेसले गठबन्धनलाई जिताउनुपर्छ ।’
गठबन्धनकै कारण प्रदेश र संघमा कांग्रेसको सरकार बनेकाले गठबन्धनप्रति कांग्रेस दृढ हुनुपर्ने देउवाले बताए । उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएको दाबी गरे । ‘गठबन्धनको सरकार राष्ट्रिय, ऐतिहासिक आवश्यकता हो । राष्ट्रिय आवश्यकतालाई अझ मजबुत बनाएर लैजानुपर्छ,’ उनले भने ।
गठबन्धनको विपक्षमा नबोल्न र कुनै शंका नगर्न उनले कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । निर्देशन विपरीत गरे कारबाही गर्ने सभापति देउवाले चेतावनी दिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने