पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले गाउँका युवा, दलित, अपांगता भएकालाई सम्बोधन हुने योजना ल्याउने प्रतिबद्धता जनाएकी छन् ।
आइतबार मादी २ ताङतिङमा आयोजित सभामा बोल्दै उनले आफ्नो क्षमताले भ्याएसम्म मादीका महिलालाई सशक्तिकरण गर्ने प्रतिबद्धता जनाइन् । ‘यहाँको युवा र महिलालाई व्यवसायमा जोड्न चाहन्छौँ । दलित, पिछडिएका वर्ग, फरक क्षमता भएकालाई पनि विशेष सम्बोधन गर्ने छौँ । भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ,’ उनले भनिन् ।
ताङतिङ पर्यटकीय गाउँ भएकाले गाउँका सम्भावना उजागर गर्ने योजना आफूहरुले ल्याउने बताइन् । पछिल्लो एक कार्यकाल गाउँ कार्यपालिका सदस्यको अनुभव बोकेकी कल्पनाले अहिले बाँकी रहेका कामलाई पूर्णता दिने बताइन् । ‘शून्यबाट काम सुरु ग¥यौँ । त्यसैले धेरै काम देखाउन पाएनौँ । शून्यबाट सुरु भएकाले पूर्वाधारसहित जग हाल्नुप-यो,’ उनले भनिन्, ‘अघिल्लो कार्यकालले इमानदार भएर काम गर्नुभयो । उहाँहरुले पूर्णता दिन नपाएको काम हामी गर्छौं ।’
मादी २ मा एमालेले २०७४ सालमा जितेका एकाजंग गुरुङलाई फेरि वडाध्यक्ष उम्मेद्वार बनाएको छ । चुनावी सभामा बोल्दै उनले आफूले पछिल्लो पाँच वर्षमा गरेको काम जनताले देखेको र त्यसैको आधारमा फेरि चुनाव जिताउने विश्वास व्यक्त गरे । अब चुनाव जितेमा ताङतिङ गाउँसम्म कालोपत्रे सडक पु¥याउने वडाध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते