पोखरामा मंगलबार बिहान पोखरा महानगरपालिका नगर प्रमुख (मेयर) पद का उम्मेदवारहरू र नागरिकबीच अन्तरक्रिया (ककस ) कार्यक्रम हुने भएको छ । पोखरा जेसीज, पोखरा लेडी जेसीज र लेखनाथ जेसीजको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी उम्मेदवारहरूको आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गर्ने तथा नागरिकसङ्गको अन्तरक्रिया बिषयक ककसको आयोजना गरिएको पोखरा जेसीजका अध्यक्ष मिनराज खड्काले जानकारी दिए ।
खड्का अनुसार कार्यक्रम वैशाख २७ गते, मंगलवार, बिहान ७ः४५ बजे मानवअधिकार चोकमा चिप्लेढुङ्गामा हुनेछ । कार्यक्रममा सम्पूर्ण पोखरावासी जनसमुदायहरूलाई यही सूचनालाई आधार मानी उपस्थित हुनका लागि आयोजकले आग्रह गरेको छ ।
उक्त कार्यक्रम सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण तथा अन्य विभिन्न संचारमाध्यमहरूबाट पनि प्रसारण गरिने खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ