अमेरिकी डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

अमेरिकी डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

American Flag

काठमाडौँ । अमेरिकी डिभीको नतिजा शनिबार राति सार्वजनिक भएको छ।

सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो।

डीभी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ।

कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ।

साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ।

यो नतिजामा डीभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भईसक्नु पर्ने छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds