चितवनमा हतियार प्रहारबाट युवा संघका कुमार थापा घाइते

चितवनमा हतियार प्रहारबाट युवा संघका कुमार थापा घाइते

Kumar-Thapa

चितवन । चितवनमा युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ।

शनिबार बेलुकी खैरहनी ८ स्थित घर नजिकै अज्ञात व्यक्तिहरुले थापामाथि आक्रमण गरेको थियो।

आक्रमणबाट थापा गम्भिर घाइते भएका छन्। प्रहरीका अनुसार थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ।

घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

थापा एक वर्ष अघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका थिए। राजनीतिक प्रतिशोधका कारण उनीमाथि आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ।

स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उनी सक्रिय रुपमा लागेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ