कास्कीमा चुनावको मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

कास्कीमा चुनावको मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

CDO-Office-Kaski-740×360-1

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ।

वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायीसँगको छलफलपछि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधिभर जाँडरक्सी बिक्री नगरि व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको हो।

प्रशासनले रात्रिकालिन व्यवसाय वैशाख २५ गतेदेखि २८ गतेसम्म राति ११ बजेसम्म, २९ गते साँझ ८ बजेसम्म, ३० गते चुनावका दिन पूर्ण बन्द हुने उल्लेख गरेको छ । यस्तै, वैशाख ३१ देखि जेठ १० गतेसम्म राति ११ बजेसम्म मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ