पोखरामा आइतबार पाँच दलीय गठबन्धनले विशाल चुनावी आमसभा गर्ने भएको छ । पाँच दलीय गठबन्धनले शनिवार पोखरामा पत्रकार सम्मेलन गरी भोलि आइतबार पोखराको अमरसिंह चौरमा विशाल चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ ।
चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकालिने गठबन्धनले जनाएको छ । विभिन्न स्थानबाट निस्किने ¥यालीलाई गठबन्धन दलका कास्कीका शीर्ष नेताहरूले नेतृत्व सम्हाल्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए ।
चुनावी सभामा शीर्ष नेताहरूले गठबन्धनको औचित्यबारे प्रस्ट्याउने काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । उनले चुनावी सभा ऐतिहासिक हुने बताए । ‘एकल रूपमा गर्दा पनि सभा भव्य हुने गर्थ्यो । अहिलेको चुनावी सभा हामी पाँच दलको संयुक्त भएकाले यसलाई विशाल, भव्य, सभ्य र ऐतिहासिक बनाउँछौँ’–उनले भने । उनले यो चुनावी सभाबाट पाँच दलीय गठबन्धनको एकता प्रदर्शन गर्ने दाबी गरे ।
सम्बन्धित खबर
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते