बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृत्तिविरुद्ध वर्तमान गठबन्धन बनेको बताएका छन्।
ओलीले जथाभावी संसद भंग गर्ने र मनोमानी गर्न थालेपछि नै लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन बनेको उनको भनाइ थियो।
शनिबार बुटवलमा आयोजित सत्ता पक्षीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको संविधानले कसैलाई पनि जथाभावी संसद विघटन गर्ने छुट नदिएको बताएका हुन्।
आफ्नै पार्टीभित्रको विपक्षी समूहले विरोध गरेकै भरमा पूर्व प्रम ओलीले संसद विघटन गरेको स्मरण गराउँदै देउवाले भने, ‘ओलीले ठूलै अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो। विरोध सहन नसकेर जथाभावी संसद भंग गरे। यसरी जथाभावी गर्नलाई संविधानमा व्यवस्था नै छैन।’
उनले आफूहरु सरकारमा आएपछि पनि पुनर्स्थापित संसदलाई ओलीकै पार्टीले चल्न नदिएको पनि बताए।
ओलीको पालामा जनता, कर्मचारी, पुलिस सबैलाई थर्कमान पारिएको भन्दै उनले आफ्नो सरकार आएपछि भने जनताले सुखको स्वास फेर्न पाएको जिकिर गरे।
यस्तै अहिलेको सरकार बनेपछि विदेशी सहायता र अनुदान बढेको देउवाको दाबी छ। उनले भने, ‘हामीले ऋण लिएर विकास गर्ने होइन, अनुदान लिएर हो । अहिले शक्ति राष्ट्रको अनुदानका सहयोग बढेको छ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने