क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको मृत्यु

क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको मृत्यु

bam bispot

काठमाडौँ । क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। ६० जनाभन्दा धेरै घाइते भएका छन्।

मृत्य हुनेमा गर्भवती र एक बच्चा समेत रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पुरानो हवानामा रहेको साराटोगा नामक पाँचतारे होटलमा ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान छ । विस्फोटका कारण बाहिरी पर्खालको धेरै भाग समेत भत्किएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारको काम भइरहेको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ