स्याङ्गजा। मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) वालिङ -१३ का अध्यक्ष पदका उम्मेदवार आश बहादुर गुरुङ कार्यकर्ताको टोलीसहित घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै गुरुङले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त हुन थालेका हुन्।
वडावासीसँगको भेटघाटका क्रममा स्थानीयले उम्मेदवार गुरुङसँग यसअघिका जनप्रतिनिधि तथा सरकारले आफूहरुलाई झुक्याउने काम गरेको बताएका छन्। स्थानीयले एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दललाई पटक-पटक भोट दिएर हेरिसकेको भन्दै अब उनीहरुलाई फेरी भोट दिएर गल्ती नगर्ने वाचा गरेका छन्।
गुरुङले समान अधिकार, मूल बासीको अस्तित्व रक्षा, पहिचान र मूलवासीहरुको आर्थिक, सामाजिक र शैक्षिक हक अधिकारका लागि भन्दै आएपनि आफू निर्वाचित भएको खण्डमा सबै समुदायलाई एकसाथ लिएर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरे। उनले मतदातासँग भने – “मलाई भोट दिनुस्, जितेंभने जनताको सेवामा फर्कन्छु, पराजित भए जनताको समस्या सम्बन्धित निकायमा पुर्याउँछु।”
घरदैलोका क्रममा कतिपय मतदाताले काँग्रेसले देशको नदी नाला बेच्ने काम गरेको र एमाले भष्ट्राचारमा लिप्त बन्दा दुई तिहाईको सरकार भएर पनि ढल्न पुगेको बताउने गरेको उनले सम्झिए।
उनले आफू कमाउनका लागि नभएर अस्तित्वको रक्षा गर्दै एकजुट भएर वर्णभेदी नीतिको खुलेर विरोध गर्दै समग्र वडाको विकास र समृद्धिका लागि राजनीतिमा आएको स्पष्ट पारे। साथै उनले निर्वाचित भएको खण्डमा आफूले पाउने कुनैपनि तलव भत्ता नलिने घोषणा गरिसकेको बताए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो