पोखरा । नेकपा माओवादी केन्द्र छोडेका कस्केली नेता रुद्र रानाभाटले नेकपा एमाले प्रवेश गर्न माओवादी नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार मादी गाउँपालिका ७ छाचोकमा आयोजित एमालेकाे चुनावी सभामा उनले अबको विकल्प एमाले भएको भन्दै एमाले प्रवेश गर्न आह्वान गरेका हुन् ।
माओवादी छोडेर एमाले आउनेलाई सम्मानित पूर्वक व्यवस्थापन गरिन भएकाले ढिला नगर्न उनले सुझाए । ‘माओवादी केन्द्र र त्यहाँका नेताहरुलाई लाञ्छना लगाउन चाहँदिनँ । साथीहरुलाई विनम्र साथ भन्छु नेकपा एमालेमा आउन ढिला नगर्नुहोला,’ उनले थपे, ‘३० गतेसम्म भनेको शुभ समय हो । तिहारमा टिका साइतमा लगायो भने त्यसको अर्थ हुन्छ । भोलिपल्ट लगाए त्यो कार्टुन बन्छ । त्यसैले ३० वैशाखभन्दा ढिलो नगर्नुहोला ।’
माओवादी केन्द्र मादी गाउँपालिका कमिटी उपाध्यक्ष रहेका रानाभाट गत २० वैशाखमा एमाले प्रवेश गरेका थिए । अहिले चुनाव जित्न र जनतालाई झुक्याउन पाँच दल एकजुट भएको तर चुनाव सकिएपछि गठबन्धनको नाम निशान नरहने उनले दाबी गरे ।
चुनावी सभामा बोल्दै मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले मादीमा चुनाव जितेर स्वार्थ पूर्ति गर्न एक भएका दललाई सबक सिकाउने बताए । उनले झुटा आश्वासन दिने गठबन्धनका उम्मेद्वारको विश्वास नगर्न मादीका मतदातालाई आग्रह गरे ।
बेरोजगारी घटाउन युवा केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिने अध्यक्ष उम्मेद्वार महेन्द्रले बताए । ‘युवाहरुका भविष्य उज्ज्वल बनाउने कार्यक्रम ल्याउने छौँ । हाम्रोमा गरिबी कम छ । तर, भएकोलाई घटाउने गरी अगाडि बढ्छौँ,’ उनले भने ।
संघ र प्रदेशको बजेट ल्याएर भौगोलिक बनावटलाई मध्यनजर गरेर सडक बनाउने उनले बताए । अनुदान र तालिमका कार्यक्रममा पक्षपात नगरी सबैलाई जोड्ने अध्यक्ष उम्मेद्वार महेन्द्रको प्रतिबद्धता छ । ‘अध्यक्ष एउटा वडाको, उपाध्यक्ष एउटा वडाको भएर जित्यो भने हामीलाई हेर्दैन भन्ने नसोच्नुहोला । १२ वटै वडामा समान विकास गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ उनले भन ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले चुनाव जितेपछि अघिल्लो अपुरा योजनालाई पूर्णता दिने र जनतामुखी नयाँ कार्यक्रम पनि ल्याउने बताइन् । ‘यहाँका महिला दिदीबहिनीलाई पेसा–व्यवसायमा जोड्ने छु । यहाँको पिछडिएको वर्ग, बालबालिका, वृद्धलाई पनि सम्बोधन गर्ने छु,’ उनले भनिन् । मादीबासीको जीवनस्तर उकास्न शिक्षा, र कृषिमा विशेष जोड दिने उपाध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाइन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते