पोखरा ४ बासी मुल्मी नेतृत्वको उत्साही टीम देखेर प्रफुल्लित

पोखरा ४ बासी मुल्मी नेतृत्वको उत्साही टीम देखेर प्रफुल्लित

ward 4 (1)

कञ्चन थापा, पाेखरा । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिरहँदा दलहरूले घरदैलाे अभियानलाई तीव्रता दिएका छन् ।   पोखरा महानगरपालिका वडा नं. ४ मा नेकपा एमालेका उम्मेदवारहरु घरदैलो गरिरहँदा वडाबासीमा पनि उत्साह देखिएकाे छ । युवा नेता मदनकुमार मुल्मी नेतृत्वकाे जाेशिलाे टीम घरघर अाउँदा वडाबासीहरू प्रफुल्ल देखिन्छन् ।

घरदैलोको आज सातौँ दिनमा वडाका बागलुङ बसपार्क, शाही टोल, कालीमाटी टोल, गैह्रापाटन, सिद्धार्थ टोल हुँदै चिप्लेढुङ्गाका विभिन्न ठाउँमा भेटघाट गरिएकाे छ ।

घरदैलो गरिरहँदा उम्मेदवारहरुलाई मतदाताहरुले अहिलेको वडा नेतृत्वले वडा भित्र खासै विकासका कामहरू नगरेको भन्दै गुनासो पोखेका छन् । वडाको विकासका लागि आफूहरुलाई एकपटक जिताएर पठाउन आग्रह समेत उम्मेदवारले गरेका छन् । युवा जोश, अग्रजको सल्लाह अनुसार र वडा नम्बर ४ वासीको आवश्यकता र मागलाई सम्बोधन गरेर अगाडि बढ्ने आफ्नो प्रतिबद्धता रहेको मुल्मीले उल्लेख गरे ।

सामाजिक आर्थिक रुपान्तरण गर्नको लागि, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा सुधार ल्याउनको लागि, वडाको फोहोरमैलाको उचित व्यवस्थापन गर्नको लागि, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो रहनसहनको लागि, निरोगी वडा स्वस्थ वडाबासी बनाउनको लागि, मौलिक कला र संस्कृतिको संरक्षण गरी पर्यटनमा वृद्धि गर्नको लागि, संस्थागत सुदृढीकरण र संस्थागत विकास गर्नको लागि नेकपा एमालेको टीमलाई वडाबासीले मतदान गर्नेमा उम्मेदवारहरु विश्वस्त छन ।

स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ४ काे अध्यक्ष पदका लागि मदन कुमार मुल्मी, सदस्य पदका उम्मेद्वारहरु सिमा कोइराला, अब्दुल हमिद, लक्ष्मी देवि पराजुली र उत्पिडित महिला सदस्य कमला सिके रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds