पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाको हत्यामा संग्लग्न रहेको आरोपमा बाबु छोरालाई पक्राउ गरेको छ।
दुई साता अघि फेवाताल किनारमा वेवारिसे अवस्थामा मृत फेला परेकी महिलाको हत्याको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा -६ खपौदी घर भइ लेकसाइड बस्दै आएका ३६ वर्षीय सन्तोष जलारी र निजको छोरा १८ वर्षीय साजन जलारी रहेका छन्।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा -५ मालेपाटन बस्दै आएकी ४४ वर्षीया सेती माया अधिकारीको गत बैशाख ६ गते मंगलबार बिहान फेवाताल किनारमा शव फेला परेको थियो।
शव फेला परेको भन्ने स्थानीयको सूचना पश्चात वडा प्रहरी कार्यालय वैदामबाट तत्काल खटिएको प्रहरीको टोलीले मृत शवको प्रकृति हेर्दा हत्याको आशंका लागि घटनास्थलको मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल पठाएर अनुसन्धानमा जुटेको थियो।
अनुसन्धानका क्रममा बाबुछोरा सन्तोष जलारी र साजन जलारीको संग्लाग्नता देखिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
उनीहरुमाथि ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपको अनुमती लिएर आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध