प्रतिस्पर्धीको तस्बिर राख्दै बानियाँले भने : ‘हामीबीच आपसी मित्रता र सद्भाव छ’

प्रतिस्पर्धीको तस्बिर राख्दै बानियाँले भने : ‘हामीबीच आपसी मित्रता र सद्भाव छ’

toran-baniya

पोखरा।  एमाले पोखरा -१५ का अध्यक्ष पदका प्रत्यासी तोरण बहादुर बानियाँले आफ्ना प्रतिस्पर्धीको तस्बिर सार्वजनिक गर्दै आफूहरुबीच एक आपसमा मित्रता र सद्भाव रहेको बताएका छन्।
बानियाँले सामाजिक संजाल फेसबुक मार्फत पोखरा -१५ को नेतृत्व लिन अगाडि बढेका ‘आदरणीय अग्रज व्यक्तित्व’ भन्दै राप्रपाका चित्र बहादुर भण्डारी र काँग्रेसका मिन बहादुर गिरीसहितको तस्बिर राखेर उक्त कुरा बताएका हुन्।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा वडा नं -१५ बाट तीनै जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

नेकपा एमालेको बलियो पकड मानिएको वडा नं -१५ मा यसपाली नेपाली काँग्रेस, एकिकृत समाजवादी र माओवादी लगायतका दलले गठबन्धन गरेका छन्। यद्यपी, सहयोगी भावना, मृदुभाषी, सरल व्यवहार र स्वच्छ छवीका कारण समाजमा बेग्लै पहिचान बनाईसकेका युवा नेता बानियाँलाई पार्टी नभई व्यक्ति हेर्नुपर्ने भन्दै यसपाली वडाको नेतृत्व उनलाई नै दिनुपर्नेमा अधिकांश वडावासीको मत रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds