पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिबद्धता जनाएका छन् ।
मादी-५ ठूलास्वाँरामा बुधबार आयोजित चुनावी सभामा बोल्दै उनले मादीमा पर्यटनको अहिलेभन्दा पनि राम्रो सम्भावना भएको बताए । मादी-५ बयरघारीमा कृत्रिम ताल बनाउनेसहित मादीका गाउँमा पिकनिक स्पोर्ट, बिबिक्यु स्पोट, वाटर-स्पोर्ट, डेजर्ट बाइक चलाउने योजना आफूसँग रहेको महेन्द्रले सुनाए । यी गतिविधिले होटल-रेष्टुरेन्ट चलेपछि गाउँमै रोजगारी सिर्जना हुने भएकाले विदेशीने बाध्यता नहुने उनले बताए ।
चुनाव जितेमा मादी नदीमा र्याफ्टिङ सञ्चालन गरेर पर्यटकलाई आकर्षित बनाउने उनको प्रतिबद्धता छ । ‘ठूलास्वाँराजस्ता भर्खर होमस्टे सञ्चालन गर्दै गरेको ठाउँ थुप्रै छन् । होमस्टे राम्रो बनाउन तालिम पनि आवश्यक छ । त्यसको लागि तालिम सञ्चालन गर्ने छु,’ उनले भने, ‘मादीका सुन्दर गाउँहरुलाई होमस्टेको रुपमा विकास गर्नेछु ।’ गाउँका पर्यटकीय सम्भावनालाई उजागर गरेर गरिबी न्यूनिकरण गर्न सकिने उनको भनाइ छ ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले एक कार्यकाल गाउँ कार्यपालिका सदस्य हुँदा उत्पीडित समुदायको समस्या देखेको र चुनाव जितेमा त्यसलाई समाधान गर्न आफू लाग्ने बताइन् । ‘भन्नलाई नारीले आधा आकाश ढाकेका छन् भन्छौँ तर हामी पिछिडिएकै छौँ । त्यसैले सम्पूर्ण नारीको प्रतिनिधित्व गरेर आएकी छु,’ उनले भनिन्, ‘महिलाहरुको क्षमता अभिवृद्धि र महिलालाई अर्थोपार्जनसँग जोड्न प्रयत्न गर्ने प्रतिबद्धता गर्दछु ।’ चुनाव जिते शासक नभई, सेवक भएर काम गर्ने उनले बताइन् ।
एमालेले मादी ४ र ५ नम्बर वडाका गाउँहरु ठुलस्वाँरा, वयारघारी, थाम, लंकाछर, मादी बेसीमा बुधबार घरदैलो र चुनावी सभा गरेको छ । चुनावी सभामा नेपाली कांग्रेस परित्याग गरी ६ जना युवा एमाले प्रवेश गरेका छन् । लंकाछरका तुल जंग गुरुङ, एकबहादुर गुरुङ, सन्तोष गुरुङ, बेलबहादुर गुरुङ, रूमबहादुर गुरुङ र पिटर गुरुङ एमाले प्रवेश गरेका हुन् ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित एमालेका नेता-कार्यकर्ता बिहिबार मादी १ का गाउँ सिक्लेस, खिलाङ र पार्चेका मतदातामाझ जाने छन् ।
मादीमा नेकपा (एमाले)बाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङ, मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल वडाध्यक्षका उम्मेद्वार छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते