पोखरा । पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेद्वार गनेस पौडेलको गनेस पौडेलको वर्णमाला सार्वजनिक भएको छ । पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो ।
उम्मेद्वार पौडेलको वर्णमालामा कार्ययोजना पत्रमा समावेश क देखि ज्ञ सम्म मुख्य योजनाहरु राखिएको छ । महानगरिय मोबाइल एप सञ्चालनदेखि सार्वजनिक सम्पत्तिको अतिक्रमण निर्वाचित भएको २ महिना भित्र छानबिन र कारबाहीको प्रतिक्रया अघि बढाउने, महानगरलाई बुटिक सहरको अवधारणा अनुसार सहरी सौन्दर्यका योजना अघि बढाउने लगायतका योजना रहेका छन् ।
आफूलाई अटेरी भन्न रुचाउने यो समुहको पोखरा महानगर प्रमुख सहित १० वडाध्यक्ष र ६ वडासदस्य गरि १७ पदका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । हाल अटेरी अभियान चुनावी घरदैलोमा टोल टोलमा पुगी रहेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताए । वडा नम्बर ३, ७, ८ र ९ नम्बर वडामा अटेरीले चुनावी गरदैलो पनि सम्पन्न गरिसकेको छ ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”95922″ /]
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते