गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा सोमबार उच्चस्तरीय बैठकको आयोजना गरी प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी लिँदै प्रतियोगितालाई भव्य बनाउने गरी तयारीमा जुट्न निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले राष्ट्रिय खेलकुद सङ्घीय सरकारको कार्यक्रम भए पनि गण्डकीमा हुन लागेकाले प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । उनले प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्ने जानकारी दिँदै भने, “राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकार तयार छ ।”
भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्काले सङ्घ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गरेर अगाडि बढ्ने जानकारी दिए । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने जानकारी दिए ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापनलगायत कामका लागि पाँच करोड २० लाख आवश्यक पर्ने उनको भनाइ छ । प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङसमेत समावेश गर्न लागिएको सदस्यसचिव गुरुङले बताए । गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सात हजार खेलाडी, दुई हजार व्यवस्थापक र एक हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुने जनाइएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते