पोखरामा बसेर योजना बनाउनेले मादी बिगारेः देवी जंग गुरुङ

पोखरामा बसेर योजना बनाउनेले मादी बिगारेः देवी जंग गुरुङ

devi jung

मादी । बाहिरबाट आउछन् । के गर्न आएका हुन् । डोजर चलाउछन्, हामी यहाँ बस्नेलाई थाहै छैन, मादी ७ थाकका बुद्धिबहादुर गुरुङले आक्रोश पोखे । जनतालाई थाहै नदिइ योजना थालेकोमा उनको आक्रोश थियो ।

चुनावी घरदैलो गर्दै आफ्नो गाउँ घर पुगेका गठबन्धनका उम्मेदवारसँग थियो यो आक्रोश । गाउँमै बस्ने नागरिक छोडेर बाहिर बस्ने नागरिकलाई उपभोक्ता समिति बनाएर योजना ल्याइएको भन्दै उनले आक्रोश पोखे ।

गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसबाट मादी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका देवी जंग गुरुङले पोखरा बसेर योजना बनाउने जनप्रतिनिधिले गर्दा यस्तो अवस्था आएको बताए । त्यसैको विरोधका लागि आफ्नो उम्मेदवारी आएको उनले सुनाए । ञत्यसैको विरुद्धमा लहाम्रो उम्मेदवारी हो । हामीले जिते मादीले जित्छ । हामी तपाईंहरुलाई सोधेर मात्रै योजना बनाउँछौ, उनले भने ।

उपाध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका लाल बहादुर गुरुङले मादीबासिको पीडा समेट्न गठबन्धनलाई जितान आग्रह गरे । विवेक प्रयोग गरेर भोट हाल्न उनले अनुरोध गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ