पोखरा ७ मा एमाले उम्मेदवारको मतदाता भेटघाट उत्साहजनक

पोखरा ७ मा एमाले उम्मेदवारको मतदाता भेटघाट उत्साहजनक

maagdai 7 (1)

रचित पौडेल, पोखरा । नेकपा एमाले पोेखरा ७ ले वडाका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ ।  उम्मेदवारहरुसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थितीमा वडाका विभिन्न टोलमा मतदाता भेटघाट गरिएको हो ।

घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जीतको शुभकामना दिए । बिहान ८ बजेदेखि सुरु गरिएको भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

पोखरा–७ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा किशोर बराल, खुला महिला सदस्यमा बसुन्धारा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुला सदस्यमा अर्जुन थापा र विष्णुमणि बराल रहेका छन् ।

साथमा, नेकपा एमालेका नेता खगराज अधिकारी, प्रदेश सभा सदस्य राजीव पहारीको उपस्थिति थियो । मेयर पदका उम्मेद्वार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले पनि पोखरा ७ मा पुगेर आज मत मागे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ