पोखरा । बैशाख ३० गते हुने स्थानीत तह लागि मत माग्न एमाले उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन् । पोखरा महानगरका प्रमुख र उपप्रमुख सहित ३३ वटै वडामा एमालेले घरदैलो र कोणसभा मार्फत जनतासंग मत मागेको छ ।
एमालेले सोमबार महानगरका तीन वटा वडामा मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङ सहित वडामा घरदैलो कार्यक्रम गरेको छ । पोखरा वडा नम्व ५, १८ र ७ मा सोमबार वडाका टिमसंगै घरदैलो र कोण सभामा सम्पन्न गरेको छ ।
कोण सभामा बोल्दै एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले महानगरका प्रवाह गरिने सेवालाई सह बताउदै आर्थिक रुपमा सम्पन्न महानगर बनाउने प्रतिबद्धता ब्यक्त गरे। उनले नागरिकलाई सहज रुपमा सेवा प्रवाहका लागि अनलाई प्रणालीको व्यवस्था गर्ने बताए । ‘सेवा सुविधा लिन अब लाइन हैन, अनलाईनबाटै सेवा प्रदान गरिने व्यवस्था मिलाउने छौँ’ – उनले भने, ‘विगतमा अगाडि बढाएका योजनालाई पुरा गर्नेछौँ ।’
उपप्रमुखका प्रत्यासी मञ्जुदेवी गुरुङ पहिलो कार्यकालमा धेरै काम गरेको र केही योजना अधुरा रहेकाले त्यसलाई पुरा गदै समृद्ध पोखरा बनाउने बताइन् । ‘२०७४ सालमा मलाई मत दिएर विजयी गराउनुभयो’ – उनले भनिन् – ‘यहाँहरुको मतलाई सदुपयोग गदै पोखराको समृद्धिको खाका तयार गरेका छौ, अव यस पटक विजयी भए पुरा गर्ने छौँ । त्यसैले फेरी विजयी गराइदिन सवैलाई आग्रह गछौँ ।’
घरदैलो कार्यक्रम अन्र्तगत मंगलबार पोखरा १५, १७ र २२ मा घरदैलो गरिने एमाले पोखरा महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेले बताए ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन