पोखरा। चुनावी माहोल पोखरामा यतिबेला तातिएको छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नं १ मा स्थानीय तहको निर्वाचन निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले घरदैलो कार्यक्रलाई तीव्रता दिएको छ ।
नेकपा एमालेले आज वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रमको आयोजना ग¥यो । एमालेको कार्यक्रममा मतदाता उत्साहित देखिएका छन् । घरदैलो कार्यक्रममा वडाका स्थानीयबाट एमालेका उमेद्वारले आशिर्वाद समेत लिएका छन् । उनीहरुले स्थानीय बासिन्दाका विभिन्न गुनासो तथा समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट १ नं वडामा अध्यक्षका प्रत्यासी साहारा प्रधानले आफूहरुलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । आफूले जितेको खण्डमा वडावासीका सबै समस्या समाधान गर्ने र वडावासीलाई कुनै पनि सुविधाबाट बञ्चित नगर्ने उनको भनाई थियो ।
घरदैलो कार्यक्रममा वडामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित महिला सदस्यका उमेद्वार शोभा गुरुङ, दलित महिला सदस्यका उमेद्वार जुकमाया दमाई, खुल्ला सदस्यका उमेद्वार ठाकुरप्रसाद बगाले तथा जुमकाजी गुरुङको समेत सहभागिता रहेकाे थियो ।
उक्त वडामा आगामी दिनमा समेत निर्वाचन लक्षित घरदैलो तथा विभिन्न कार्यक्रमको आयोजना निरन्तर रुपमा गरिने बताइएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन