पोखरा । पोखरा २५ का वृद्ववृद्धाको एउटै बोली छ, ‘अहिलेको चुनावमा जित एमालेकै हो, गठबन्धन भएर हिंडेका सबै एक दिन हामी (एमाले) सँग मिल्न आउँछन् ।’ उनीहरुले एकै घरका परिवारका सदस्य समेत नमिल्ने बताउँदै ५ दल मिल्नेमा विश्वास नभएको बताएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी घरदैलो कार्यक्रममा एमाले उम्मेद्वार जिताउन वृद्ववृद्धाको पनि र जोश र जाँगर युवाजस्तै छ ।
हेमजा निवासी ९० वर्षीय चित्रबहादुर कार्कीले अहिलेसम्म हार्न नजानेको एमालेको अब पनि निश्चित रुपमा विजयी हुने ठोकुवा गरे । उनले पहिले बहुमत आएको ठाउँमा अव पुरै एमालेमय हुने विश्वास व्यक्त गरेका छन् । उनले थपे, ‘ढुक्क भए हुन्छ, जित एमालेको हो, हाम्रो हो ।’

अर्का वृद्व होमबहादुर थापाले पोखरा २५ मा अग्रजले राखेको कृतिमान र विरासत कायम राख्नु अहिलेको पुस्ताको मुख्य जिम्मेवारी भएको बताउँदै युवा जागरुक भएर जसरी हुन्छ, अहिलेको गठबन्धनलाई परास्त गरेर एमाले उम्मेदवारलाई जिताउन सुझाव दिएका छन् ।
यो पटक एमालेको तर्फबाट वडा नं २५ मा वडाध्यक्ष पदका उमेद्वार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी, कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा चुनावी मैदानमा छन् ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो