पोखरा । पोखरा महानगरपालिका वडा नं ११ मा नेकपा एमालेका वडा अध्यक्ष सहितका उमेद्वारले वडाभरकै सबैभन्दा विकट मानिएको मचारी क्षेत्रसहित विभिन्न स्थानका मतदातासंग भेट गरेका छन् । मचारी क्षेत्रमा एमालेका उमेद्वार पुग्दा स्वागत गरेका स्थानीयले आफूहरुले अहिलेसम्म सडकको ठूलो समस्या खेपेको गुनासो गर्दै सडक स्तरोन्नतीका लागि यसपटक एमाले उमेद्वारकै भरोसा गरेको प्रतिक्रिया दिएका छन् ।
उक्त क्षेत्र पहिरोको समेत उच्च जोखिममा रहेको भन्दै स्थानीयले पहिरो रोकथामका लागि दिगो पहल गर्न समेत आग्रह गरे । स्थानीयको गुनासो सुनिसकेपछि वडा अध्यक्षका उमेद्वार मिनबहादुर गुरुङले मचारी क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेर प्रतिवद्धता पत्र तयार भएको जानकारी गराए । साथै उक्त क्षेत्रको पहिरो व्यवस्थापनका लागि समेत बजेट विनियोजन गर्ने योजना प्रतिवद्धतापत्रमा समेटिएको बताए । प्रतिवद्धतापछि स्थानीयले अबको भरोसा एमाले भएको भन्दै उमेद्वारलाई विजयीको शुभकामना सहित मतदानको प्रतिवद्धता जनाए ।
आज नै उमेद्वारसहितको टोली नमुना टोलमा पुग्दा टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले भव्य स्वागत गरे । साथै सिस्नेरी, कमेरेपानी, रानीबगर, भोटेको कुना, सिमलचौर लगायत स्थानका मतदाताले पनि उमेद्वारलाई मददान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले वडा नं ११ का ग्रामिण क्षेत्रमा यसअघि काँग्रेसबाट जित हासिल गरेका जनप्रतिनिधिले विकासमा ध्यान नदिएको आरोप लगाउँदै अब एमालेकै भर रहेको प्रतिक्रिया दिएका छन् ।

सोमबारको घरदैलो कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सांसद एवं जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष मिना गुरुङले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको हक हितका लागि श्रम डेस्कको स्थापना गर्ने योजना सुनाइन् । उनले श्रमिकलाई सूचिकृत र पञ्जीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा समावेश गर्ने विषयलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाइन् ।
वडा नं ११ मा एमालेबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् ।
पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई निकै उत्सापूर्वक रुपमा सञ्चालन गरिएकोे प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिएका छन् । घरदैलो अभियानमा एमाले कास्की जिल्ला कमिटी सदस्य एवं वडा नं ११ का इन्चार्ज बलबहादुर नेपाली, निर्वाचन परिचालन कमिटीका संयोजक सञ्जयकिशोर बास्तोला लगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो