पोखरा । देशकै ठूलाे महानगर पाेखरामा ठूलाे दल नेकपा एमालेले दीपक पाैडेललाई मेयरकाे उम्मेदवारकाे टिकट दियाे । तर, नाम सार्वजनिक भएलगत्तै सुनका गहना चाेरी गर्दै गरेकाे भनेर धेरै वर्ष अघिकाे भिडियाे सार्वजनिक गरियाे । र, नियाेजित रूपमा भाइरल गराइयाे ।
पाैडेलले गहना चाेरी गरेकाे भनेर भाइरल उक्त भिडियाे पार्टी अध्यक्ष केपी शर्मा वलीले पहिल्यै हेरिसकेका थिए । पाैडेलसँग बुझ्दा झुक्किएर गाेजीमा हालेकाे तर पछि पैसा दिएरै किनेकाे, भिडियाे थाेरै मात्र सार्वजनिक भएकाे भन्ने प्रस्टीकरणपछि अध्यक्ष वली विश्वस्त भए । झनै पाैडेलकाे अंक बढ्याे । पाैडेलकाे काण्ड भन्दै भिडियाे देखाउन वली समक्ष पुगेका कास्कीका नेताहरूहरूकाे एउटा समूह त्यसपछि फर्किएका थिए ।
पाैडेल उम्मेदवार बनेपछि एकाएक भिडियाे भाइरल बनाइयाे । याे काम विपक्षी पार्टीकाे थिएन । जानकारका अनुसार विपक्षीले भए उम्मेदवारी फिर्ताकाे समयपछि बल्ल विराेध हुन्थ्याे । भिडियाे भाइरल बनिरहँदा पार्टीले कुनै अाधिकारिक भनाई सार्वजनिक गरेन । मनाेनयन दर्ताकाे दिन बिहान मात्र पाैडेलकाे टिकट खाेस्याे । त्यसपछि पाैडेलले आफूविरुद्धको षड्यन्त्रप्रति गुनासो गर्दै फेसबुकमार्फत प्रतिक्रिया दिए ।
अपमान भएको भन्दै स्थानीय एमाले कार्यकर्ताले नै पौडेललाई घरबाहिर ननिस्कन सुझाएका थिए । पाइसकेको टिकट खोसिएदेखि पौडेल घरबाट बाहिर निस्किएका छैनन् । मेयरको टिकट खोसिएका एमाले नेता पौडेलको घरमा पुगेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले न्याय गर्ने अश्वासन दिएका छन् । चुनावी अभियानका क्रममा पोखरा पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेल आइतबार पौडेलको १९ नम्बर वडाको पुरनचौरस्थित घरमा पुगेका थिए ।
विवादका कारण टिकट खोसिएका तर इमानदार र कहिल्यै अवसर नपाएका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पौडेलललाई भेट्न पोखरेलसँगै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी पनि गएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनलाई निराश नहुन भन्दै पार्टीले मूल्यांकन गरेर उपयुक्त जिम्मेवारी दिने बताएका थिए ।
उनी आफूविरुद्ध पार्टीकै मान्छेले भिडिओ प्रकरण बाहिर ल्याएको भन्दै निराश थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले पौडेलका परिवारका सदस्यहरुलाई समेत सम्झाएको भेटमा सहभागी नेताहरुले बताए । पोखरेल पौडेलको घरमा पुग्दा छिमेकी स्थानीयले समेत पौडेलमाथि अन्याय भएको भन्दै आक्रोश पोखेका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेल र पौडेलबीच झण्डै २ घण्टा गोप्य कुराकानीसमेत भएको थियो । गोप्य कुराकानीबारे दुवै नेताले केही भनेका छैनन् । तर, पोखरेलले पौडेललाई पार्टीले न्याय गरेरै टिकट दिएको तर विवादास्पद भिडिओका कारण चुनावी माहाेल बिग्रने देखेर निर्णय परिवर्तन गरेको भन्दै कृष्ण थापालाई जिताउन लाग्न आग्रह गरेका थिए ।
पौडेलको परिवार र छिमेकीले सिंगो जीवन पार्टीलाई दिएका नेतामाथि अन्याय भएको बताएका थिए । पोखरेलले चाँडै अनुभूति हुने गरी पौडेललाई न्याय गरिने प्रतिबद्धता स्थानीयसँग गरेका छन् । पोखरेलले पोखरा महानगरपालिकामा एमालेलाई विजयी गराउन पनि पुरन्चौरवासीसँग आग्रहसमेत गरे ।
टिकट खोसिएका नेता पौडेलले पोखरामा एमालेले चुनाव जित्ने भन्दै आफूबाट पार्टीको विपक्षमा कुनै गतिविधि नहुने आश्वासन वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएका थिए ।
सम्बन्धित समाचारः
टिकट खाेसिएका पाैडेलले भनेः पदको लागि मरिहत्ते गर्ने पार्टीभित्रकै षड्यन्त्रकारीले चरित्र हत्या गरे
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर