पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् ।
सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले अहिले पनि कतिपय योजना ठेकेदारले अलपत्र बनाएको तर आफ्नो नेतृत्वले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्नै नदिने बताए ।
कांग्रेसका नेता ठेकेदारको कम्पनीले मादी ९ र १२ जोड्ने पुल, सौर्य–माझठान–मिजुरे सडक, मादी ५ र पोखरा १३ जोड्ने पुल अलपत्र पारेको महेन्द्रले सुनाए । ‘विकासका योजना अलपत्र पार्ने ठेकेदारलाई घोक्रेठ्याँक लगाएर तह लगाउँछु,’ प्रतिबद्धता जनाउँदै उनले थपे, ‘चुनाव जित्यौँ भने त्यसरी काम अलपत्र छोड्ने ठेकेदारलाई मादीमा प्रवेश निषेध गर्छौँ । हामीलाई विकास–निर्माण चाहिएको छ । काम नगर्नेबारे बोल्न म पछि पर्ने छैन ।’
विपक्षी पार्टीले आफू र एमालेविरुद्ध फैलाएका भ्रममा नपर्न उनले मतदातालाई आग्रह गरे । एमालेको खेदो खन्नभन्दा आफ्नो पार्टी सम्हाल्न उनले प्रतिस्पर्धी पार्टीलाई सुझाए । ‘पार्टी गतिलो भएको भए नेता–कार्यकर्ताले नेकपा एमाले रोज्ने थिएनन् । आफ्नो पार्टी सम्हाल्नुस्, खेदो खन्ने काम नगर्नुस् । अरुको खेदो खन्न थाले तिमी कमजोर हुन्छौ र आफैँ नाङ्गिन्छौ,’ उनले भने ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम