कास्की दुर्घटना अपडेटः घाइते भएका बुबाको पनि मृत्यु

कास्की दुर्घटना अपडेटः घाइते भएका बुबाको पनि मृत्यु

pp13

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा भएको दुर्घटनामा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षीय जितबहादुर पुनको पनि मृत्यु भएको छ ।

पुनको उपचारको क्रममा आज बिहान ५ बजे अस्पतालमै मृत्यु भएको हो । उनकी १८ वर्षकी छोरी सुजिना पुनको घटनास्थलमै मृत्यु भएको थियो । कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।

उनीहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने अझै फरार छन् ।

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा परिवार र आफन्तले वार्ता गरिरहेका छन् । आइतबार बिहान पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ