पोखरा । नेकपा (एमाले) पोखरा वडा नं. ५ ले बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै आज (आइतबार)देखि घरदैलो शुरु गरेको छ । चुनावी सचेतना, उम्मेदवार परिचयसहित एमाले पोखरा ५ ले आज जिरो किमीदेखि घरदैलो शुरु गरेको हो ।
यस वडामा एमालेको तर्फबाट वडाध्यक्षमा विष्णुप्रसाद बराल, महिला सदस्य कल्पना भुवाजी क्षेत्री, दलित महिला सदस्य हरिमाया बिक, खुल्ला सदस्यतर्फ गोविन्दप्रसाद बराल र मणिराम बरालले उम्मेदवार दिएका छन् ।
भोली (सोमबार) एमालेको तर्फबाट पोखराको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका कृष्ण थापा तथा मञ्जुदेवी गुरुङसहित घरदैलो गरिने वडा ५ एमाले चुनाव प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।
यस अघिको स्थानीय तहको निर्वाचनमा वडा नं. ५ मा एमालेबाट उम्मेदवार बनेका वडा अध्यक्षसहित ४ सदस्यलाई नै वडावासीले निर्वाचित गरेका थिए । जसमा एमालेका धनबहादुर नेपाली वडाध्यक्षमा विजयी भएका थिए । नेपालीले १७ सय ६८ मत ल्याउँदा काङ्ग्रेसले १२ सय ४६ मत र माओवादी केन्द्रले १ सय ६ मत प्राप्त गरेको थियो ।
यसअघिको निर्वाचनमा वडामा ४ हजार ३ सय ८ जना मतदाता थिएभने अहिले ५ हजार ८८ जना मतदाता रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते