जसले कांग्रेससँगको ३० वर्षको सम्बन्ध टुंग्याए, एमाले रोजे

जसले कांग्रेससँगको ३० वर्षको सम्बन्ध टुंग्याए, एमाले रोजे

uml prabesh madi 9

पोखरा । कास्कीको मादी गाउँपालिकाका एक जना कांग्रेस क्रियाशील स्थानीय नेता नेकपा एमाले प्रवेश गरेका छन् । मादी ९ गहते निवासी दुतबहादुर गुरुङ कांग्रेससँगको ३० वर्ष पुरानो आबद्धता टुंग्याएर शनिबार एमाले प्रवेश गरेका हुन् ।

उनी २०४८ सालमा तत्कालीन मिजुरेडाँडा गाविस ८ को वडाध्यक्ष बनेका थिए । एमाले प्रवेश गरेपछि बोल्दै गुरुङले एमाले विकासप्रेमी पार्टी भएकाले आफ्नो रोजाइँमा परेको बताए । ‘कांग्रेससँग २०४८ सालदेखि जोडिएर राजनीति गरेँ,’ उनले भने, ‘नेपालमा विकास गर्छ भने एमालेले मात्रै गर्छ भन्ने बुझेँ । त्यही भएर मैले एमाले रोजेँ । आजदेखि एमाले भएको छु ।’

नेपाली कांग्रेस छोडेर स्थानीय गमबहादुर शाही, सुकुमाया गुरुङ र माओवादी केन्द्र छोडेर हरि भुजेल पनि शनिबार एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम), उपाध्यक्ष विष्णुमाया आचार्य पौडेललगायतले एमालेमा स्वागत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds