नेकपा एमालेबाट पोखरा महानगरपलिकाको मेयरका उम्मेदवार कृष्ण थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् । प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनले पार्टीमा अर्को पुस्ता तयार भइसकेको र चुनावमा प्रतिस्पर्धा गर्न सजिलो नभएको भन्दै अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
‘पार्टीमा चुनाव लड्न महाभारत छ । स्वभाविक रुपमा अर्को पुस्ता पनि अब करिब करिब पार्टीले तयार पारिसकेको अवस्था छ,’ शनिबार पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु ।’
उनले चुनाव नलड्ने घोषणा गर्दा मञ्चमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत नेताहरु थिए ।
थापा पोखराका पूर्वमेयरसमेत हुन् । उनी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा नेतृत्व सम्हालेका थिए । थापा ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मेयर प्रत्याशी थापाले आफूहरुले पोखरामा ३५ हजार मतान्तरले जित्ने दाबी गर्दै निर्वाचित भए महानगगरबाट प्राप्त सेवा सुविधा नलिने र अंगदान दिने घोषणासमेत गरेका छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन