पोखरेलको प्रचण्डलाई सुझावः काँग्रेसमै प्रवेश गर्नुस् [भिडियाे]

पोखरेलको प्रचण्डलाई सुझावः काँग्रेसमै प्रवेश गर्नुस् [भिडियाे]

Ishwar Pokhrel Pokhara

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा काँग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले काँग्रेसमै समाहित हुन सुझाव दिएका हुन् ।

‘माओवादीसँग चुनावी एजेण्डा छैन । काँग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब काँग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौँ ।’

उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे । पोखरा महानगरको एमाले प्रतिबद्धता पत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिस्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ