नेकपा एमालेले ३० वैशाखको चुनाव लक्षित पोखरा महानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शनिबार पोखरामा आयोजित कार्यक्रममा एमालेको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल र मेट्रोरेल चलाउन सम्भाव्यता अध्ययन गर्ने र कार्य प्रारम्भ गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ। भ्रष्टाचार, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने एमालेको यसपटकको घोषणा पत्रमा पनि उल्लेख गरेको छ ।
महानगरमा पर्नेमध्ये पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने जनाएको छ ।
यसपटकको चुनावमा एमालेबाट कृष्णबहादुर थापा मेयर र मन्जुदेवी गुरुङ उपमेयर उम्मेदवार छन् । मन्जुदेवी यसअघि पनि पोखराको उपमेयर निर्वाचित भएकी थिइन् । उम्मेदवार परिचय तथा बृहत् कार्यकर्ता भेलामा मेयरका प्रत्यासी थापाले आफू निर्वाचित भएपछि पाउने सेवासुविधा गरिबको सेवा र विकासका काममा लगाउने प्रतिबद्धता गरे । उनले यो चुनाव नै आफ्नो अन्तिम हुने र अब कुनै चुनाव नलड्ने घोषणा गरे ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”95558″ /]
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन