गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । नेकपा एमाले वडा नं -१५ को विशाल र्याली शनिबार सम्पन्न भएको छ। बिहान ९ बजे पार्टी कार्यालय कोलपाटनबाट शुरु भएको र्यालीमा सयौं कार्यकर्ता तथा समर्थकको सहभागीता रहेको थियो। वडाका पाँचै उम्मेद्वारसहितको उक्त र्यालीलाई वडावासीले हार्दिकताका साथ स्वागत गरेका थिए।
उम्मेद्वारहरुले वडावासी लाई सूर्य चिन्हमा भोट गर्न आग्रह गर्दा भोटको लागि निर्धक्क हुन भन्दै जीतको अग्रिम शुभकामना दिएका थिए। त्यस्तै कतिपय स्थानमा भोट माग्दा वृद्ध आमाबुवाले उम्मेदवारहरुलाई धेरै मत पाएर बिजयी हुनु भन्दै आशिर्वाद दिएका थिए।
र्याली लक्ष्मीटोलहुँदै बिरेन्द्र चोकको परिक्रमा गरेर कालिकाचोक, रामबजार, चोरसाँघु, नयाँगाउँ, बनक्याम्पस, टुटुङ्गा, गलेश्वर, सानिपाटन, फलेपाटन हुँदै पुनः पार्टी कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो। र्यालीमा स्थानीय समाजसेवी, आमा समूह तथा टोल सुधार समिति, युवा क्लब लगायत राजनीति दलको सहभागीता रहेको थियो।
कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, वडा – नं १५ का वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेलले समग्र देश तथा वडाको विकास र परिवर्तन नेकपा एमालेका उम्मेद्वारबाट मात्र सम्भव रहेको बताए। उनले वडाका आमाबाबु तथा दाजुभाई दिदीबहिनीले आसन्न निर्वाचनमा नेकपा एमालेले बिजय प्राप्त गर्नेछन् भनेर वचन र आशिर्वाद दिएको बताउँदै पाँच वर्ष अगाडिको निर्वाचनमा वडावासीले नेकपा एमालेलाई निर्वाचित गराएपछि थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गरेको दाबी गरे। “तस्बिर आफै बोल्छ, हामीले भनिरहनु पर्दैन, धेरै कामहरु गरेका छौं, अब पनि वडा नं -१५ लाई हाम्रो वडा र राम्रो वडा बनाउन हाम्रा उम्मेद्वारहरुलाई भारी मतले जिताउनेछौं” उनले भने।
यस्तै कोण सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष पदका प्रत्यासी तोरण बहादुर बानियाँले आजको बृहत र्यालीबाट चुनाव जितिसकेको दाबी गर्दै ३० गते मतदान गरेर मतपेटिकाबाट सूर्य -सूर्य मात्र निकाल्न बाँकी रहेको बताए। उनले प्रचण्ड घाममा समर्थकको उत्साहजनक सहभागीता देख्दा हौसला र भरोसा मिलेको भन्दै आसन्न निर्वाचनका लागि आफ्नो टोल-टोलमा बफादार सिपाहीको रुपमा खटिएर मतदाताहरुलाई मतदाता शिक्षा दिनुका साथै सात छाप, सात सूर्यमा मतदानका लागि प्रोत्साहित गर्न आग्रह गरे। उनले स्वच्छ छबि, मन वचन र ईमान्दारिताका साथ आफ्नो वडालाई राम्रो बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गरे।
यस्तै वृहत र्यालीका सभाध्यक्ष तथा वडा नं -१५ का अध्यक्ष खेम बहादुर थापाले २०५४ सालदेखि वडामा नेकपा एमालेले जीत हासिल गरेको भन्दै आजको विशाल र्यालीमा उपस्थित जनलहरले अपवित्र गठबन्धनलाई थप्पड हानेको प्रतिक्रिया दिए। उनले यसरी नै सक्रिय रहेर बैशाख ३० गते सूर्यमा मतदान गरी सबै उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो