काठमाडौँ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारीका आधारमा जिल्ला अनुसार आज शनिबार चुनाव चिन्ह वितरण गरेको हो ।
कुनै पनि दलमा नलागेका र पार्टीबाट टिकट नपाएपछि बागी उठेकाहरु स्वतन्त्र रुपमा उम्मेदबार हुँदै चुनावी मैदानमा रहेका छन् । करिब १ लाख ५० हजार मनोनयन दर्ता गर्ने मध्ये १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।
आयोगले स्वतन्त्र उम्मेदवारका लागि भ्यागुतो, गुलावको फूल, भुइकटहरदेखि खसीको टाउको जस्ता निर्वाचन चिन्ह वितरण गरिएको जनाइएको छ ।
राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारले भने दलकै चुनाव चिन्ह पाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी र नेकपा एकीकृत समाजवादीले देशैभरि आफ्नो निर्वाचन चिन्ह पाएका छन् ।
राष्ट्रिय दलको मान्यता नपाएका तर गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिन्ह पाएका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते