कपिलवस्तुमा वडाध्यक्षका उम्मेदवारको मृत्यु, निर्वाचन प्रक्रिया स्थगित

कपिलवस्तुमा वडाध्यक्षका उम्मेदवारको मृत्यु, निर्वाचन प्रक्रिया स्थगित

Prakash-tiwari-Buddhabhumi

काठमाडौँ । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–८ का वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ।

मुटुमा समस्या देखिए पछि भारतको लखनऊमा उपचारका लागि लगिएका नेकपा एमाले पार्टीका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको शुक्रबार मृत्यु भएको हो ।

४१ बर्षीय तिवारीका एक श्रीमती, तीन छोरी र एक छोरा छन् ।

तिवारीको मृत्युको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै पालिका निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।

सम्बन्धित वडाको लागि पुनः मनोनयन देखिको कार्यक्रम सुरु भई तोकिएको मितिमै निर्वाचन हुने जनाइएको छ ।

सो वडामा तिवारीसहित नेपाली काँग्रेस, लोसपा, राप्रपा, नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेस बिपीका गरी ६ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds