जाजरकोट । जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएको छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो ।
स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिए ।
उनका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।
आज शनिबार पनि देशभर बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हावाहुरी, मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ