पोखरा । कास्कीको मादी गाउँपालिकामा एक दर्जन स्थानीय नेकपा एमाले प्रवेश गरेका छन् । अटेरी अभियानबाट मादी ३ को वडाध्यक्षमा उम्मेद्वारी दिएका बुद्धिप्रसाद लामिछानेलगायत स्थानीय शुक्रबार एमाले प्रवेश गरेका हुन् ।
लामिछानेले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएर मादी ३ याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उम्मेद्वार लामिछाने, विभिन्न पार्टीमा आबद्ध स्थानीय विजय गुरुङ, चन्द्रसिंह गुरुङ, विक्रम परियार, पूणसुब्बा गुरुङ, मकरे विक, जगत गुरुङ, तारामान अधिकारी, ऋषि पन्त, सुजन लामिछाने, धम्मे विक र गोविन्द लामिछाने एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेद्वार रहेका शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)लगायतले पार्टीमा स्वागत गरेका थिए ।
मतदाता भेट्न घरदैलोमा मादीका एमाले उम्मेद्वार
कास्कीको मादी गाउँपालिकामा नेकपा (एमाले)ले चुनावी घरदैलो अभियान सुरु गरेको छ । मादी–३ कुस्कु डाँडाबाट एमालेले घरदैलो अभियान सुरु गरेको हो ।
मादी ३ याङ्जाकोट, मादी ४ घामलुङ (सृष्टि टोल)का वस्तीमा शुक्रबार घरदैलो गरिएको एमाले पालिका कमिटी सचिव सुवास सापकोटाले जानकारी दिए । गाउँपालिका अध्यक्ष उम्मेद्वार, शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारसहित एमालेका स्थानीय नेता–कार्यकर्ता घरघरै मत माग्न पुगेका हुन् ।

कुस्कु डाँडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेद्वार महेन्द्र गुरुङले सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्न आफू नेतृत्वको टोली सक्षम रहेको बताए । हालको पालिका सरकारले सुरु गरेको कामलाई पुरा गर्ने उनको प्रतिबद्धता छ । ‘हिजो गाउँका गोरेटो बाटोमा भिरपाखामा लडेर हिँड्नुभयो । आज त्यहाँ मोटर माटो खोलिएको छ । त्यो बाटोलाई स्तरोन्नति गर्छु,’ उनले भने ।
आफूले खेलकुद विकास समितिमा बसेर काम गरेको बताउँदै उनले खेलकुद पूर्वाधार विकास पनि आफ्नो प्राथमिकता भएको सुनाए । मादीमा ४० लाख रुपैयाँ लागतमा रंगशाला बनाउन बजेट छुट्याए पनि प्रदेश सरकार फेरिएसँगै बजेट काटिएको उनको भनाइ थियो । उनले कृषिमा परम्परागत शैली नभई नयाँ प्रविधिको प्रयोग गर्ने बताए । ‘हामी वर्षमा तीन खेती मकै, कोदो र धान लगाउँछौँ । यहाँको माटोको परीक्षण गरेर वर्षमा हुन सक्ने खेती अध्ययन गर्छौँ,’ अध्यक्ष उम्मेद्वार गुरुङले भने, ‘वर्षमा पाँच थरी खेती गर्न सकिने गरी हाइब्रिड बिरुवा दिन्छौँ । यसले आम्दानी पनि हुन्छ ।’
उपाध्यक्ष उम्मेद्वार कल्पनाले आफूहरु भोट माग्नमात्रै नभई जितेर गएपछि पनि जनताको समस्या बुझ्न वस्तीवस्ती आउने बताइन् । पालिका ठूलो भएको र पिछ्डिएका वडा र वर्गलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाइन् ।
गाउँपालिका अध्यक्ष वेदप्रसाद गुरुङले असहज परिस्थितिमा पनि आफूले गरेको काम जनताले मूल्यांकन गरेकाले फेरि एमालेले जित्ने दाबी गरे । कोरोना महामारीले गर्दा पुरा गर्न खोजेका काम हुन नसकेकोमा माफी मागे । ‘म नेतृत्वको टिमको दुई वर्ष कोरोना महामारीले असहज भयो । अहिले युवा जोस गाउँपालिका हाँक्न आएको छ । यो जोसमा अझ उत्साह थप्नपर्छ,’ गुरुङले भने ।
मादी ३ का वडाध्यक्ष उम्मेद्वार जेमप्रसाद गुरुङले खानेपानी पुग्न बाँकी रहेका घरघरमा पानी पु¥याउने वाचा गरे । त्यस्तै पालिकाभित्रका मूल सडक कालोपत्रे गर्न पहल गर्ने बताए । ‘पहिला थोरै मतले हाम्रो वडामा एमाले पछि प¥यो । यसपटक जित्ने गरी लागेका छौँ,’ उनले भने, ‘हाम्रो नेतृत्व नहुँदा वडामा स्थानीयले खोजेजस्तो काम हुन सकेन । एकपटक अवसर पाए काम गरेर देखाउँछौँ ।’
शनिबार मादी ९ मा घरदैलो अभियान गरिने पार्टी पालिका कमिटीले जनाएको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते