पोखरा मेयरका काँग्रेस बागी उम्मेदवार बिमल कार्कीले मनोनयन फिर्ता लिएनन्, नन्द र ऋषिकाे फिर्ता

पोखरा मेयरका काँग्रेस बागी उम्मेदवार बिमल कार्कीले मनोनयन फिर्ता लिएनन्, नन्द र ऋषिकाे फिर्ता

bagi-congress-kaski

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेसका बिमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशन अटेर गर्दै उनले मनोनयन फिर्ता नलिएका हुन् । काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो ।

तर, उहाँले जानीजानी फिर्ता नलिएको बताएका छन् । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । उनले गठबन्धन कुनै हालतमा नस्वीकार्ने बताउँदै आएका थिए ।

दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

तर, पोखरा मेयरमा दिएको उम्मेदवारी कांग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिएका छन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए ।

तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ