निर्वाचन आयोगले भन्यो– मनोनयन फिर्ता गराउन डर, धम्की नदिनु

निर्वाचन आयोगले भन्यो– मनोनयन फिर्ता गराउन डर, धम्की नदिनु

nirbachan_aayog 1

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ ।

आयोगले आज शुक्रबार विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन यस्ता हर्कत गरेको सूचना आएको भन्दै यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने भन्दै आयोगले उम्मेदवारी दर्ता गरेर चुनावी प्रक्रियामा भाग लिन पाउने जो कसैको पनि अधिकार नखोस्न भनेको छ ।

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएपछि आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds