पोखरा। पोखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । कार्यक्रममा नेकपा एमाले संगठन प्रमुख खगराज अधिकारीले जसरी भए पनि एमाले नै जिताउन र गठबन्धन को औचित्य नभएको बताए । चुनाव प्रचार प्रचार समिति संयोजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वजाबाहक सम्पूर्ण उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।
चुनाव प्रचारप्रसार समिति संयोजक तथा पोखरा २६ वडा कमिटी अध्यक्ष रामचन्द्र तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा ध्रुब थापा, बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरेका छन् ।
दोस्रो दिन नयाँ बस्ती, पौडेल थर, थापाथर लगायत ठाउँमा घर दैलो गरेका छन् । घर दैलोमा स्थानीय बासिन्दा ९२ बर्षिय रामबहादुर थापाले जनताको मन मन बस्न र बुढा बुढीलाई पाल्ने पार्टी एमाले भएको भन्दै सबैले एमालेमै भोट हाल्ने सुनाए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते