पोखरा २१ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

पोखरा २१ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

Pokhara 21

पोखरा । नेकपा एमाले पोखरा २१ ले वडामा पार्टीको निर्वाचन परिचालन कमिटि कार्यालय स्थापना गरेको छ ।

एमाले गण्डकी प्रदेश कमिटिका सदस्य चन्द्र बहादुर रोकाहाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रदेश कमिटिका सदस्य केशव आचार्य, जिल्ला कमिटी सदस्य अर्जुन गिरी लगायतले पोखरा २१ मा एमाले सबल, सक्षम र शक्तिशाली रहेको बताउँदै उक्त शानलाई जोगाउन जनमुखी काम गर्नु पर्ने बताए ।

सबै वडाबासीलाई सुर्य चिन्हमा छाप लगाएर एमालेका उमेदवारलाई जिताउन आग्रह गरे । वडा अध्यक्षका उम्मेदवार दिपक सुवेदीले चुनाव जितेपछि सबैको साथ र सहयोगमा आगामी ५ वर्षमा २१ लाई नमुना वडा बनाउने बताए ।

वडा कमिटिका उपाध्यक्ष खगराज न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रम वडा कमिटि अध्यक्ष तथा चुनाव प्रचार प्रसार समितिका संयोजक राजेन्द्र थापाको अध्यक्षतामा भएको थियोे भने कार्यक्रम सचिव रोशन भट्टराईले संचालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds