पोखरा । आउदो बैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनमा कास्कीको ५ पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षमा ८२ मध्ये नेकपा एमालेले गुरुङ समुदायबाट ३० उम्मेदवार उठाएको छ।
पोखरा महानगरपालिका, रुपा गाँउपालिका, मादी गाउपालिका, माछापुच्छ्रे गाउपालिका र अन्नपुर्ण गाँउपालिका गरी महानगरपालिका प्रमुख १, उपप्रमुख १, गाउपालिका अध्यक्ष ४ जना, उपाध्यक्ष ४ जना र वडाध्यक्षहरु ७२ जना मध्ये पोखरा महानगरपालिका उपप्रमुख, मादी गाउपालिका अध्यक्ष उपाध्यक्ष, माछापुच्छ्रे गाउपालिका अध्यक्ष, रुपा गाउपालिका उपाध्यक्ष सहित २५ जनालाई वडाध्यक्षको उम्मेदवार बनाएको हो।
एमालेले पोखरा महानगरपालिकामा मञ्जुदेवि गुरुङलाई पुनः उपप्रमुख(उपमेयर), मादी गाउपालिका अध्यक्षमा शिवबहादुर गुरुङ(महेन्द्र), उपाध्यक्षमा कल्पना गुरुङ, माछापुच्छ्रे गाँउपालिकाको अध्यक्षमा बिक्रम गुरुङ र रुपा गाउँपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङलाई पुनःउपाध्यक्षको प्रत्यासी बनाएको हो।
यसरी नै पोखरा महानगरपालिकाको ३३ वडाहरु मध्ये ८ वटा वडाहरुमा एमालेले गुरुङ समुदायबाट वडाध्यक्षका लागि उम्मेदवार उठाएको छ। जसमध्ये पोखरा महानगरपालिका वडा नं.९ को वडाध्यक्षमा प्रेम गुरुङ,वडा नं. १०मा पवित्रादेवी गुरुङ, वडा नं. ११ मा मिनबहादुर गुरुङ, १४ मा ढोलबहादुर गुरुङ, १६ मा राजेश गुरुङ, २२ मा प्रकाश गुरुङ, २८मा बैनबहादुर गुरुङ र वडा नं. २९ मा श्रीप्रसाद गुरुङलाई वडा नेतृत्वको जिम्मेवारी दिइएको हो। उनीहरुमध्ये वडा नं.११ का मिनबहादुर गुरुङ र १६ का राजेश गुरुङ यस अघि वडा सदस्य निर्वाचित भएका थिए ।
सात वटा वडा रहेको रुपा गाउपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङ पुनःउपाध्यक्षमा र वडा नं.६का वडाध्यक्ष नारायण गुरुङ पुनः वडाध्यक्षमै दोहोरिएका हुन् ।
मादी गाँउपालिकामा युवा नेता शिवबहादुर गुरुङ(महेन्द्र)लाई पालिका अध्यक्ष र वडा सदस्य निर्वाचित भई सेवा गरिसकेकी नायिका कल्पना गुरुङलाई उपाध्यक्ष, वडा नं. १ को वडाध्यक्षमा उमरबहादुर गुरुङ(सन्तोष), २ वडाध्यक्षमा पुनः एकाजंग गुरुङ, वडा नं ३ को वडाध्यक्षमा ज्यामप्रसाद गुरुङ, ५ को वडाध्यक्षमा सुब्बा गुरुङ,वडा नं ७ को वडाध्यक्षमा रामप्रसाद गुरुङ, वडा नं ८ को वडाध्यक्षमा प्रेम गुरुङ र वडा नं. ९ को वडाध्यक्षमा मनोज गुरुङलाई उम्मेदवार बनाइएको छ। १२ वटा वडा रहेको मादीमा अध्यक्ष, उपाध्यक्षसहित ७ वडामा वडाध्यक्षका लागि अवसर दिएको हो।
यसै गरी ९ वटा वडा रहेको माछापुच्छ्रेमा भने अध्यक्षमा विक्रम गुरुङसहित ४वटा वडाहरुमा गुरुङ समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाइएको छ । वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं १को वडाध्यक्षमा अनुप गुरुङ, वडा नं २ को वडाध्यक्षमा केशकुमारी गुरुङ, वडा नं ५ को वडाध्यक्षमा यामबहादुर गुरुङ र वडा नं ७ को वडाध्यक्षमा अमर गुरुङलाई नेकपा एमालेले उम्मेदवार बनाएकोछ।
यसैगरी ११ वटा वडा रहेको अन्नपुर्ण गाँउपालिकामा ५ जना गुरुङ नेताहरुले वडाध्यक्षको उम्मेदवारी पाएको छ। वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं ७ मा भरतमान गुरुङ,वडा नं ८ मा मिनाकुमारी गुरुङ, वडा नं ९ मा वडाध्यक्ष रमेश गुरुङ, १० मा कुमार गुरुङ र वडा नं ११ बाट वडाध्यक्षमा पुनः हिमबहादुर गुरुङ नेकपा एमाले)ले निर्वाचनमा उम्मेदवार बनाएको हो।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते