पोखरा । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका काँग्रेस कार्यकर्ताले गण्डकी प्रदेश कार्यालयमा तोडफोड गरेका छन् आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् ।

उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । त्यसअघि, माटेपानीमा भएकाे पत्रकार सम्मेलन तथा घाेषणापत्र सार्वजनिक समाराेह विथाेल्न उनीहरूले गेटमै ताला लगाएर नाराबाजी गरेका थिए । सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवारकाे घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रम घण्टाैँ विथाेलेका थिए ।

उनीहरुले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापामाथि कालोमोसो दल्ने धम्कीसमेत दिएका थिए । कास्की सभापति किशाेरदत्त बराललाई कार्यक्रम स्थलमै प्रवेश गर्न दिएनन् ।
काँग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।तोडफोडमा उत्रिएका २३ जना कार्यकर्तालाई प्रहरी नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
काँग्रेसले यसअघि ३३ वटै वडामा आफ्नो प्यानल उठाएको थियो । तर, अहिले गठबन्धन हुने ठाउँमा उम्मेदवारी फिर्ता लिन लगाएको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते