पोखरा। सरकारले घोषणा गरेको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा यतिबेला पोखराका स्थानीय तहहरुमा चुनावी माहौल बढ्न थालेको छ । चुनावको मिती नजिकिएसँगै उम्मेद्वारहरु प्रचारप्रसार, घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त हुन थालेका छन्।
यसैक्रममा चुनावी अभियानलाई अगाडि बढाउन नेकपा एमाले वडा नं -१५ ले पूर्ण बैठकको आयोजना गरेको छ। बैठकले विशेष गरी टोल कमिटिका संयोजकहरु लगायत सम्पूर्ण भातृसंगठनका संयोजकहरुलाई बोलाएर आगामी शनिबार अर्थात् बैशाख १७ गते बिहान बृहत र्यालीको आयोजना गर्ने निर्णय गरेको छ ।
वडा नं -१५ को मूख्य सडकलाई लक्षित गर्दै र्यालीमा बिभिन्न भातृसंगठनहरु युवा संघ, अखिल नेपाल महिला संघ, भूमिहीन, राष्ट्रिय भूमिहीन संघ लगायत टोल कमिटिहरुको सहभागिता रहने जनाइएको छ। र्यालीमा झन्डै ४ सय देखि ५ सयसम्मको सहभागीता रहने अनुमान बैठकको छ। उम्मेद्वारहरुको टोली सहित र्याली पार्टी कार्यालयबाट ठीक साढे सात बजे शुरु हुनेछ।
यस्तै बैठकले शुक्रबार बिहान ७ बजेबाट घरदैलो कार्यक्रमलाई पनि तिब्रताका साथ अगाडि बढाउने निर्णय गरेको छ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु