गोरखामा भिरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

गोरखामा भिरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

mrita fela

गोरखा । गोरखामा भिरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धार्चे गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर गुरुङ रहेका छन् ।

बुधबार धार्चे गाउँपालिका–५ माछाखोलामा झोलुङ्गे पुलको ग्याविन जाली भर्नेक्रममा भिरबाट खसेको ढुंगा टाउकोमा लाग्दा गुरुङ घाइते भएका थिए ।

माछाखोला प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् गुरुङलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको टिचिङ अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ